काठमाडौं, २३ असार । उपल्लो मुस्ताङमा भएको टिप्पर द्र्घटनामा सभामुख कृष्णबहादुर महराले दुःख व्यक्त गरेका छन् । शनिवार महराले शोक वक्तव्य निकालेर द्ःख व्यक्त गरेका हुन् ।
‘उपल्लो मुस्ताङको स्याङ्बोचेमा सडक निर्माणमा कार्यरत मजदूरहरु चढेको ट्रिपर दुर्घटनामा परी रोल्पाका ९ जना, दाङका ६ जना र स्याङ्जा, कैलाली, धादिङ, ओखलढुङ्गा, कपिलवस्तुका १÷१ जना गरि २० जना मजदूरहरूको दुखद निधन भएको खबरले मलाई अत्यन्त मर्माहत बनाएको छ’, शोक वक्तव्यमा भनिएको छ ।
महराले दुर्घटनामा परि निधन भएका मजदूरहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना समेत व्यक्त गरेका छन् । साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उपचारमा कुनै कमी हुन नदिन सरकारसँग अनुरोध गेका छन् ।
‘दुर्घटनामा निधन भएका मजदूरहरूको शव घरसम्म पु¥याउन र उचित क्षतिपूर्ति उपलब्ध गराई पीडित परिवारलाई राहत प्रदानमा कत्ति पनि ढिलाइ नगर्न सम्बन्धित सरोकारवाला पक्षसँग अनुरोध गर्दछु’, वक्तव्यमा भनिएको छ ।











