देहरादुन, १७ असार । भारतको उत्तरी क्षेत्रको उत्तरा खण्ड राज्यमा आइतबार बस दुर्घटना हुँदा कम्तीमा ४४ जनाको मृत्यु भएको जनाएको छ । उत्तरा खण्ड राज्यमा पर्ने हिमालयन भन्ने ठाउँमा रहेको साँघुरो बाटोमा बस दुर्घटनामा परेको प्रहरी अधिकारीले बताएका छन् ।

bus accident india“दुर्घटनामा परी ४४ जनाको मृत्यु भएको छ, अरु कम्तीमा पनि तीन जना घाइते भएका छन्,” एक जना प्रकोप व्यवस्थापन अधिकृत दिपेश चन्द्र कालाले भने।

उनले घटनाका बारेमा खवर पाउने वित्तिकै उद्धार तथा सहयोगी टोली घटनास्थलमा पुगेर उद्धार गरेको पनि एएफपीलाई जानकारी दिए । रासस/एएफपी