इन्द्रेणी संवाददाता
दाङ, १५ असार । आज असार १५ अर्थात राष्ट्रिय धान दिवस । यो दिवस आज विभिन्न् कार्यक्रमको आयोजना गरी बनाइदैछ । यो दिनलाई आज मानो छरेर मुरी उव्जाउने दिनको रुपमा पनि लिइन्छ । यो दिवस दाङमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ ।
जिल्ला कृषि विकास कार्यालयले घोराही उपमहानगरपालिका वडा नं. १७ का किसानहरु धान दिवस मनाउन लागेको छ । तर असार १५ आए पनि जिल्लामा भने प्रशस्त्र वर्षात हुन नसक्दा धरै खेत वाँझै छन् । यहाँको देउखुरी क्षेत्रमा फाटफुट रुपमा रोपाइ भए पनि घोराही र तुलसीपुर क्षेत्रमा रोपाइ हुन सकेको छैन ।











