बाँके, २८ जेठ । बाँके प्रहरीले नेपालगन्जको एक होटलबाट ठूलो मात्रामा प्रतिबन्धित लागू औषध अफिमसहित ३ जनालाई पक्राउ गरेको छ ।

aaaनेपालगन्ज उपमहानगर–१ मा स्थित दैलेखी जय होटलको कोठा नं. २०४ बाट ६ किलो ५ सय ग्राम अफिमसहित ३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङ्गले जानकारी दिए ।

पक्राउ पर्नेहमा रुकुम सिस्ने–४ का ३७ वर्षिय भुपेश खड्का, वडा नंं.३ का २६ वर्षिय बमबहादुर खड्का र सोही वडाका ४० वर्षिय मनबहादुर खत्रीलाई रहेको प्रहरीले जनाएको छ । उनीहरुमाथि प्रहरीले अनुसंधान सुरु गरेको छ ।