इन्द्रेणी संवाददाता
दाङ, २५ बैशाख । दाङमा घरको छतबाट खसेर एक जनाको ज्यान गएको छ । गढवा गाउँपालिका जेठानगाउँ निवासी मनिष थारु कुमालको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको हो ।
उनी राति सुतिरहेको वेला एक्कासी उठेर हिडेपछि घरको छतबाट खसेको बताइएको छ । उनी निद्रामै रहेका वेला बाहिर हेडेका कारण लडेको प्रहरीले अनुमान गरेको छ । घटना सोमवार रातिको हो ।











