तुलसीपुर १२ बैशाख । तुलसीपुर १९ बिजौरीका मृगौला पीडित श्रीराम चौधरीको उपचारका लागि सहयोग संकलन अभियान शुरु गरिएको छ । तुलसीपुर १८ बिजौरीमा रहेको श्री असहाय बाल बिकास नेपाल दाङले चौाधरीको उपचारमा सहयोग होस भनी सहयोग संकलन थालेको हो । पैसा कमाउन भनी २ बर्ष अघि साउदी गएका चौधरीको दुईवटै मृगौलाले काम गर्न छोडेपछि घर फकिएका थिए । उनको उपचारमा लाखौ खर्च लाग्ने भएपछि आर्थिक अभाबका कारण उपचार रोकएको भन्दै बाल बिकासका अध्यक्ष बिष्णु चौधरीको पहलमा सहयोग संकलन अभियान शुरु गरिएको हो ।

अहिले घर परिवारलाई बिदेश जान लागेको ऋणसंगै उनको उपचारमा लागेको रकम तिर्न धौधौ परेको उनकी श्रीमती गीता चौधरीले बताईन् । उनको उपचारमा सहयोगका लागि लागि श्री असहाय बाल बिकास नेपाल दाङको राष्ट्रिय बाणिज्य बैंकमा रहेको खाता नंबर ४१६०००३६७९०१ मा आर्थिक सहयोग गर्न सकिने छ । साथै संस्थाका कोषाध्यक्ष सीमा वलीको फोन नंबर ९८०९५८८५७१ सकिने छ । आर्थिक अभाबमा मृगौला पीडित श्रीराम चौधरीको उपचार अगाडि बढ्न नसकेको भन्दै सहयोग संकलन अभियान थालेको अध्यक्ष चौधरीले बताए ।