दिपक बोहरा
तुलसीपुर १२ बैशाख । अंग्रेजी शिक्षा दिने नाममा दाङका सामुदायिक बिद्यालयले अभिभाबकबाट चर्को शुल्क असुल्ने गरेका छन् । सरकारी बिद्यालयको शैक्षिक गुणस्तर बढाउन अंग्रेजी शिक्षा दिन शुरु गरेका बिद्यालयहरुले अहिले चर्को शुल्क असुल्ने गरेका छन् । अंग्रेजी शिक्षा शुल्क असुल्ने माध्याम बनेको छ । भर्ना, फि, फर्मशुल्कलगायतका शिर्षकमा एउटा बिद्यार्थीबाट करिब तीन हजार शुल्क असुल्ने गरेको पाईएको छ । सामुदायिक बिद्यालयमा निःशुल्क शिक्षा दिनुपर्ने भएपनि सामुदायिक बिद्यालयहरुले अभिभावकहरुबाट चर्को रकम असुल गरिरहेका छन् ।
सरकारले हरेक बालबालिकालाई सामुदायिक बिद्यालयमा निःशुल्क शिक्षा प्रदान गर्नुपर्ने भएपनि सामुदायिक बिद्यालयले चर्को शुल्क असुल गर्दै आएको भन्दै अभिभाबकले गुनासो गरेका छन् । अंग्रजी शिक्षा दिने नाममा सामुदायिक बिद्यालयले लुटिरहेको भन्दै अभिभाबकले आक्रोस ब्यक्त गरे । अहिले अंग्रेजी शिक्षा दिने नाममा सामुदायिक बिद्यालले करिब तीन हजार रुपैयाँ अशुल्ने गरेको नाम नबताउने सर्तमा एक अभिभाबकले बताए । ‘ सामुदायिक बिद्यालयमा निःशुल्क हुन्छ भनी छोरालाई अंग्रेजी माध्याममा भर्ना गराए’ उनले भने ‘ तर चर्को शुल्क तिर्नुपर्ने रहेछ ।’ अंग्रेजी माध्याम चलाउन सामुदायिक बिद्यालयले अतिरिक्त खर्च ब्यहोर्नु पर्ने भएको भन्दै त्यसका लागि भर्ना शुल्कमात्रै एक हजार लिने गरेको माबि सेन्टर तुलसीपुरका प्रधानाध्यापक भागवत पौडेलले बताए । अंग्रेजी माध्याममा पढ्ने बिद्यार्थीबाट मासिक शुल्क समेत लिनु पर्ने उनले बताए ।‘अंग्रेजी माध्यामबाट पठनपाठन गराउन अतिरिक्त खर्च लाग्छ’ उनले भने ‘ बिद्यार्थीबाट पनि मासिक शुल्क उठानुपर्ने भा छ ।’
सामुदायिक बिद्यालयले निःशुल्क शिक्षा दिने भएपनि अहिले अधिकांस सामुदायिक बिद्यालयले अंग्रेजी माध्याम पैशा असुल्ने माध्याम बनाउने गरेका छन् । जसले गर्दा सरकारी बिद्यालयहरुलाई पनि निजिकै खेमामा राख्ने गरिएको छ ।
सरकारी बिद्यालयले कुनै पनि बाहानामा शुल्क लिन नपाउने दाङका शिक्षा विकास तथा समन्वय एकाई प्रमुख रमेश मैनालीले बताए ।‘सामुदायिक बिद्यालयले कुनै पनि बाहाना बनाएर शुल्क लिन मिल्दैन’ उनले भने‘ त्यस्तो बिद्यालयलाई कारबाही हुन्छ ।’
अभिभाबकले आफ्नो ईच्छाले अतिरिक्त शुल्क दिन सक्ने भएपछि बिद्यालयले कुनै पनि अभिभाबकलाई तिर्नुपर्ने बाध्य बनाउन नहुँने तुलसीपुर उपमहानगर शिक्षा शाखा प्रमुख भाष्कर गौतमले बताए । ‘अभिभाबकले आफुखुसी दिन सक्छ’ उनले भने ‘ तर बिद्यालयले कुनै पनि शुल्क तिर्न अभिभबकलाई बाध्यपार्न हुँदैन् । ’ यदि यसो गरेको पाईएमा कानुनी कारबाही हुने उनले बताए ।











