अछाम, २९ चैत । अछामको साँफेबगर नगरपालिका–३ का एक युवक झोलुंगे पुलबाट खसेर मृत्यु भएको छ ।
चौरपाटी गाउँपालिकाबाट फर्किने क्रममा ३४ वर्षका रुप बोगटी गएराति ९ बजेको समयमा चित्रेस्थित झोलुंगे पुलबाट बुढीगंगा नदीमा खसेको र घटनास्थलमा प्रहरी पुग्दा उहाँ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।











