बाँके, २८ चैत । वर्षाले बाँकेमा इँट्टा ब्यवसायीहरुको करोडौंको लगानी सखाप पारेको छ । इँट्टा व्यवसायीहरुका अनुसार शनिबार राति र सोमबार दिउँसो परेको पानीले प्रत्येक इँट्टा भट्टामा ३० देखि ५० लाख रुपैयाँसम्मको काँचो इँट्टा गलेर क्षति पुगेको छ ।

etaaजय नेपाल इँट्टा उद्योगका सञ्चालक सत्तार खानले दुई दिनको वर्षाले आप्mनो भट्टामा करिब ५० लाख रुपैयाँको काचो इँट्टा वर्षाले गलेर क्षति पुगेको बताए ।
इँट्टा व्यवसायी सङ्घ बाँकेका वरिष्ठ उपाध्यक्ष खाँका अनुसार सबै इँट्टाभट्टामा वर्षाले नोक्सान पारेको छ ।

व्यवसायीहरुका अनुसार बाँकेमा पछिल्लो दुई दिनको वर्षाले २० करोड रुपैयाँ बढीको नोक्सान भएको छ । इँट्टा व्यवसायी सङ्घ बाँकेमा ५० भन्दा बढी इँट्टा व्यवसायीहरु संगठित भएका छन् । इँट्टा व्यवसायी संघ बाँकेका पूर्व अध्यक्ष प्रकाश शाहले वर्षाले आफ्नो भट्टामा मात्रै ३० देखि ३५ लाख रुपैयाँसम्मको नोक्सान भएको जानकारी दिए ।