चितवन, २४ चैत । गृहमन्त्री रामबहादुर थापाले कसैले गैरराजनैतिक र सुरक्षामा खलल पु¥याउने गतिविधि गर्छ भने त्यसमा सरकार कडा भएर जाने बताएका छन् । उनले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले गरिरहेका क्रियाकलापलाई अतिवादी भन्दै त्यसका विरुद्ध सरकार कडा भएर लाग्ने चेतावनी दिए ।

Badalप्रेस सेन्टर र प्रेस चौतारीले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा विप्लवका क्रियाकलाप राजनीतिक नभइ ध्वंसात्मक भएको उनले बताए ।
“शान्ति, स्थायित्वको विरुद्ध अतिवादी अराजकतातिर लैजान खोजिदैछ त्यो सरकारलाई स्वीकार्य छैन”, उनले भने । विप्लव नेतृत्वको माओवादीले संविधान र कानून विरोधी गतिविधि गरिरहेको भन्दै उनले यो गैरराजनीतिक गतिविधि सरकारले रोक्ने दृढता व्यक्त गरे ।

उनले भने “यो राजनीतिक गतिविधि मानिदैन, गैरराजनीतिक गतिविधि हो । गृहमन्त्रालयले केही दिनअघि कार्ययोजना सार्वजनिक गरेको भन्दै उनले विकास, समृद्धि र सुशासनका लागि देशमा शान्ति सुरक्षा, अमनचयन कायम गर्नुपर्ने बताए ।