गोविन्द खड्का
घोराही, ६ चैत । खेलमैदान तथा विद्यालय परिसरको सरसफाइ सामान्य देखिएको पत्रकार वास फोरम दाङले जनाएको छ । घोराही १४ का विद्यालयको सोमवार अनुगमन पछि शौचालयमा कमि देखिएको बताएको हो ।
केहि विद्यालयका शिक्षकले प्रयोग गर्ने र विद्यार्थीका शौचालयमा अलग सुविधा देखिएको अनुगमन टोलिले बताईएको छ । शिक्षकका सफा र विद्यार्थीका ह्रवास्स गन्ध आउने फोहर भेटिएका थिए ।
केहिमा बाहेक सबै विद्यालयमा शौचालयमा पस्नै नसकिने गरी गु का लिडहरु भेटिएको बताईएको छ । अनुगमनमा सहभागि वासफोरमका निवर्तमान संयोजक नरेन्द्र केसिका अनुसार प्यानको मुखमा पुरै गु ले भरिएका थिए । त्यसको दुर्गन्धले दिसा पिसाव गर्न भित्र पस्नै सकिदैन्थ्यो । कतिमा प्यान भन्दा बाहिरै हगेका पनि भेटिए । केहि विद्यालयमा प्याडहरु बेशिनमा फालिएको पाईयोे । केहि विद्यालयका शौचालय वरपर झिंगा माखा भन्किएर घिन लाग्दो वातावरण बनेको थियो ।
यसैगरी केहि विद्यालयका शौचाल वरपर बर्षातको मुल जागे जस्तै पिसावले भिजेको देखिन्थ्यो । अनुगमनमा सहभागि घोराही १४ का सदस्य लछुमनु बुढाका अनुसार युरिनल भित्रको पिसाव जन्य फोहर बगेर बाहिर सम्म आएको थियो । बालवालिका त्यसैमा चिप्लीएर दुर्घटना हुने खतरा देखिन्थ्यो । डरले बाहिरै पिसाव गरेको विद्यार्थीले प्रतिकृया दिएका थिए । यस्तो दुर्गन्धमा कसरी बस्छौ भन्दा वाद्यता छ के गरौ भनेर जवाफ दिएको अनुगमनमा सहभागि पत्रकारहरुले बताए । उचित कदम चाल्न वडा कार्यालयलाई सुझाव दिएका छन् ।
यसैगरी देखिने क्षेत्र सामान्य भएपनि पछाडि तिर फोहर थुपार्ने खतरा अधिकांश विद्यालयमा भेटिएको छ । शिक्षकहरुका अनुसार बेला मौकामा जलाएर नष्ट गर्छन् । उपमहानगरपालिकाको सरसफाइ गाडि पुग्दैन । प्लाष्टिक जलाउनु हुन्न, त्यसको धुवा बाट क्यान्सर खाईन्छ भनि रहदा विद्यालय क्षेत्रमा भने कागज संग मिसिएको फोहर जल्ने गरेको भेटिएको छ । त्यसले विद्यालय र आसपासमा खतरा निम्त्याएको अनुगमन टोलिले निष्कर्ष निकालेको छ । ‘यति धेरै फोहर विद्यालय होलान भन्ने अनुमान गरेको थिईन’ खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्राविधिक गजेन्द्र बहकरीले भन्नुभयो, ‘हाम्रो देश कहिले गतिलो बन्ला ?’ उहाका अनुसार बच्चाले जथाभावि जलाउने र फाल्ने विद्यालय बाटै सिक्नु दुर्भाग्य हो ।
प्लाष्टिकमा तातो खानुहुन्न केमिकल पग्लेर शरीरमा जान्छ भनेर सरसफाइ अभियान्ता जागरणमा लागेका छन् । केहि विद्यालयमा भने प्लाष्टिकमा तातो चाउमिन पोका पार्दै गरेको अनुगमन टोलिले बताएको छ । बच्चाको स्वाथ्यमा खेलवाड भएको बताएको छ । क्यान्टिन वरपर पानी जमेको, जुठो फालेर डुङ डुङति गन्हाउने बनाएको अबस्थमा केहि विद्यालय भेटिएका छन् । प्रयोग भएका प्याड बेसीनमा फाल्ने लगाएतका घिनलाग्दा काम विद्यालयमा देखिएका छन् । टोलिले वडा क्षेत्रका स्टार आमावि, वालविकास मावि, शुभप्रभात मावि, अल्फा आमावि, आधारभुत विद्यालय वालमन्दिर र गोरखा ईन्टरनेश्नल पब्लिक माविमा पुगेर अनुगमन गरेको थियो ।
ठुला विद्यालयमा विद्यार्थी धेरै भएर सामान्य समस्या हुनु अनौठो होईन । त्यसलाई सुधार गर्ने सिष्टम नहु“दा खतरा आउनु भनेको विद्यालयको गैह्रजिम्मेवारी पन भएको अनुगमन टोलिले बताएको छ । उहिल्यै खुला दिसामुक्त क्षेत्र घोषणा गर्दाको भन्दा फरक नपाएको जिल्ला सरसफाइ फोकल पर्सन एवं खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका ईन्जिनियर तिलक न्यौपानेले बताउनुभयो । ‘स्कुल वास कार्यक्रमलाई तगडा चलाउनु पर्छ’ न्यौपानेले भन्नुभयो, ‘यस्ता फोहरमा खेल्दै सिक्ने विद्यार्थीहरु देशका लागि आवश्यक जनशक्ति बन्न सक्दैनन् ।’ उहाले विद्यालयका क्याण्टिन, शौचालय र अरु वातावरण फोहर देखिदा सम्म प्रगति नहुने बताउनुभयो ।
केहि समय भित्रै विद्यालयका प्रअ र व्यवस्थापन समितिका अध्यक्षहरु सग बसेर आवश्यक निर्णय गर्ने वडा कार्यालयले जनाएको छ । बजार क्षेत्र सफा हुदै गर्दा विद्यालयमा फोहर थुप्रीदै रहनुलाई दुर्भाग्य ठानेको घोराही १४ का अध्यक्ष शक्तिराम डागिले बताउनुभयोे । विपद व्यवस्थापन तथा वातावरण समितिका संयोजक समेत रहनुभएका डागिले फोहर जलाउने अबस्था अन्त गर्ने प्रतिबद्धता जनाउनुभएको छ । धेरै पढलेख गरेको दम्भ देखाउने, सबै विषयको जानकार भन्ने, अरुलाई उपदेश दिनेहरुले बालवाकिालाइ अफ्ठेरो पारेको सहन नसकिने बताउनुभयोे । विद्यालयको फोहरले बच्चाको पढाई र स्वाथ्य विग्रीए जवाफ दिनुपर्ने अध्यक्ष डागिको भनाई थियो । विद्यालय व्यवस्थापन समितिका पदेन सदस्य समेत रहनुभएका डा“गिले विद्यालयमा पानीको असुविधा, शौचालयको अपर्याृप्तता हटाउन पहल गर्ने बताउनुभयो ।











