इन्द्रेणी संवाददाता
दाङ, ४ चैत । दाङमा यसवर्ष कक्षा १० (एसइइ) परीक्षामा साढे ११ हजार विद्यार्थी सहभागी हुँदैछन् ।

slc-students1जिल्ला शिक्षा कार्यालय दाङका अनुसार चैत ८ गतेदेखि शुरु हुने एसइइ परीक्षामा जिल्लाका सामुदायिक र सस्थागत गरी कुल ११ हजार ६ सय १० विद्यार्थी सहभागी हुन लागेका हुन् । जसमा नियमिततर्फ १० हजार ८ सय ८६ र प्राविधिकतर्फ ३ सय ९७ जना रहेका छन् ।

यस वर्ष जिल्लामा परीक्षाका लागि ४३ परीक्षा केन्द्रहरु निर्धारण गरिएको छ । परीक्षाको तयारी तीब्र रुपमा भइरहेको जिल्ला शिक्षा अधिकारी रमेश मैनालीले बताए ।