काठमाडौं, ४ चैत । राष्ट्रियसभाको उपाध्यक्ष चयनका लागि आज मतदान हुँदैछ ।
संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालका अनुसार उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका शशिकला दाहाल र नेपाली काँग्रेसका वृन्दादेवी आले रानाले यो पदका लागि उम्मेदवारी दर्ता गरेका छन् ।
चुनावमा अध्यक्ष बाहेक ५८ जनाले मतदान गर्नेछन् । दाहाललाई बाम गठबन्धनको समर्थन भएकाले उपाध्यक्षमा निर्वाचित हुने निश्चित जस्तै छ । यसैबीच उपराष्टपतिमा निर्विरोध भएका नन्दबहादुर पुनलाई आज दोस्रो कार्यकालका लागि उपराष्टपतिमा घोषणा गरिदैछ ।











