इन्द्रेणी संवाददाता
तुलसीपुर, ४ चैत । चर्चामा आएको तर काम नभएको तुलसीपुरमा इन्धन डिपो सञ्चालनमा ल्याउनेबारे सहमति भएको छ ।

ghanshyamतुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवबीच तुलसीपुरमा इन्धन डिपो तत्काल सञ्चालन गर्ने सहमति भएको हो ।

‘मन्त्रीले तत्काल अध्ययन गरेर यसै महिनाबाट इन्धन डिपो सञ्चालनका लागि पहल गर्ने वताउनु भएको छ ’ नगर प्रमुख पाण्डेले वताए । उनले मन्त्री यादवसँग तुलसीपुरमा औद्योगिक क्षेत्र स्थापना गर्ने सम्बन्धमा पनि कुराकानी भएको वताए । उनले स्थानीय तहमा उद्योग दर्ताका विषयमा पनि कुराकानी भएको पाण्डेले वताए ।

यसैबीच नगर प्रमुख पाण्डेले वन तथा वातावरण मन्त्री शक्ति बस्नेतसँग पनि भेटघाट गरेका छन् । भेटघाटका क्रममा तुलसीपुरमा वोटानिकल गार्डेन वनाउने वारेमा छलफल भएको समेत वताए ।