कैलाली, २९ फागुन । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि सोमबार साँझ अज्ञात समूहद्वारा गोली र खुकुरी प्रहार भएको छ । गोली र खुकुरी प्रहारबाट चौधरीको हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

कैलालीको सुखडस्थित घोडाघोडी अस्पतालमा प्रारम्भिक उपचारपछि चौधरीलाई थप उपचारका लागि अन्यत्र पठाउने तयारी भएको जनाइएको छ । उनीमाथि सुख्खडबजारस्थित उनकै निवासमा गोली र खुकुरी प्रहार गरिएको हो ।

गत बिहीबार स्थानीय राधिका चौधरीमाथि ‘बोक्सी’ भन्दै भएको कुटपिटका आरोपीहरुलाई प्रहरीबाट छुटाएको आरोप मेयर चौधरीमाथि लाग्दै आएको छ ।