इन्द्रेणी संवाददाता
काठमाडौं , २८ फागुन । त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको विमानमा रहेका १४ जनाको उद्दार गरिएको छ । उनीहरुलाई अस्पताल पठाइएको छ । उद्दार जारी भएको र विमानमा लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको उद्दारमा खटिएका प्रहरीले जानकारी दिएका छन् ।