फागुन २५ । महानगरीय प्रहरी टोकियोले सडकमा हिँडिरहेकी महिलालार्इ यौन दुर्व्यवहार गरेको आरोपमा एक नेपाली युवा पक्राउ परेका छन् । टोकियो प्रहरीले नेपाली युवा अनुज देवकोटालाई पक्रेर कारवाही थालेको जापानी मिडियाहरूले जनाएका छन्।

ingeप्रहरीकाअनुसार देवकोटाले २५ नोभेम्बरको विहान सडकमा हिँडिरहेकी ३० वर्षिय महिलाको गोप्य अंग समातेर यौन दुर्व्यवहार गरेका थिए। प्रहरीका अनुसार जबर्जस्ती गर्न खोज्दा महिलाको स्तन र चिउडोमा चोट लागेको थियो। प्रहरी हिरासतमा रहेका देवकोटाले आरोप अस्वीकार गरेका छन्।