तुलसीपुर २६ फागुन । राप्ती अञ्चल सार्वजनिक यातायात समितिको अध्यक्षमा सुरेश हमाल दोस्रो कार्याकालका लागि निर्विरोध निर्वाचित भएका छन् । समितिको अध्यक्ष पदमा हमालको मात्रै उम्मेदवारी परेको हुँदा उनी दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन् ।
शुक्रवार दिउँसो साढे १२ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको सयम सीमा भित्र अध्यक्षमा हमाल बाहेक कसैको पनि उम्मेदवारी नपरेको हुँदा हमाल निर्विरोध निर्वाचित हुने निश्चित भएको हो । यद्यपी निर्वाचन आयोगले भने यसको औपचारिक घोषणा गरि सकेको छैन । समितिका निर्वाचन अधिकृत प्रविण लम्सालले समितिको २३ मध्य अध्यक्षमा हमालसंगै केही अन्य पदहरुमा समेत एकल उम्मेदवारी परेको हुँदा उनीहरुपनि निर्विरोध हुने बाटो खुलेको बताए ।
त्यसमध्य प्रशासनिक सचिवमा नारायण न्यौंपाने, ‘ख’ रुट सदस्यमा (दाङ विराटनगर काँकटभित्ता) कृष्णप्रशाद रेग्मी, तुलसीपुर–घोराही ‘घ’ रुट सदस्यमा दिवाकर न्यौपाने, घोराही–रोल्पा होलेरी ‘ङ’ रुटमा रामशरण वली, तुलसीपुर नेपालगञ्ज ‘च’ रुट प्रदमबहादुर वली, छ रुट सदस्यमा केशवबहादुर पछाँइ (तुलसीपुर बुटवल), तुलसीपुर देउखुरी ‘ज’ रुट सदस्यमा मुकुन्दराज शर्मा, भालुवाङ–प्यूठान ‘झ’ रुटसदस्यमा प्रकाश बस्नेत, दाङ–काठमान्डौं दिवासेवा ‘ञ’ रुट सदस्यमा हुर्मतबहादुर डाँगी र हायस किया ‘ट’रुट सदस्यमा महेश ज्ञवालीको मात्रै एकल उम्मेदवारी परेको हुँदा सबै निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत लम्सालले बताए ।











