महिला नेतृहरुले वर्तमान बामपन्थी सरकार महिलाहरुका कारणले बनेको उदघोष गरेका छन । १०८ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा बिहीबार काठमाडौँमा आयोजित ¥याली तथा कोणसभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन ।
नेकपा (माओबादी केन्द्र ), नेकपा एमाले, राष्ट्रिय जनमोर्चा निकट महिला सँगठनका नेतृहरु, बुद्धिजिवी, अधिकार कर्मीहरु लगायत कार्यक्रममा सहभागी भएका थिए ।
नेकपा एमालेको पोलिट ब्युरो सदस्य तथा पुर्व उर्जा मन्त्री राधा ज्ञवालीले बाम दलहरुलाई जिताउने मतदाता अधिकांस महिलाहरु भएको उल्लेख गर्नु भएको छ ।
नेतृ ज्ञवालीले संविधानले सामन्ती कानुनलाई खारेज गरे पनि पुरुष प्रधान सोच अझै हटी न सकेको समेत बताउनु भयो । उहाँले त्यसैको परिणाम स्वरुप केन्द«मा ५ जना महिलाहरु मात्र प्रत्यक्षबाट निर्वाचित भएको जिकीर गर्दै, स्थानीय निकायको उप मेयर तथा उपाध्यक्ष पदमा ९३ प्रतिशत र ७ प्रतिशत मात्र प्रमुखमा निर्वाचित भएको जानकारी गराउनु भयो ।
अनेमसँघ (क्रान्तिकारी)की अध्यक्ष तथा सांसद अमृता थापा मगरले कोणसभालाई सम्बोधन गर्दै बाम गठबन्धन सरकारमा पनि महिलाहरुले नालापानीको राष्ट्रियताको लडाईमा झै महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउनु भयो ।
उहाँले नेपाली महिलाहरुले हासिल गरेको उपलब्धि गुम्न सक्ने भएकोले सबै तह र तप्काका महिलाहरु त्यसको रक्षाका लागी एकजुट हुन आवश्यक भएको विचार व्यक्त गर्नु भयो ।
अनेमसंघकी अध्यक्ष तथा सांसद गोमा देवकोटाले महिलाहरु घरबाट बाहिर निसकेको कारणले बामपन्थी सरकार गठन हुन सफल भएको बताउनु भयो । नेतृ देवकोटाले सोही अनुरुप सरकारलाई सल्ला सुझाव पनि दिने अधिकार महिलाहरुको भएको भन्दै, हरेक महिला श्रमिक भएको उल्लेख गर्नु भयो ।
यसैगरी कोणसभाकी सञ्चालक तथा राष्ट्रिय जनमोर्चाकी नेतृ मिना पुनले पनि महिलाहरुले आफ्नो क्षमता उजागर गर्दै घरबाट बाहिर निस्किनु पर्नेमा जोड दिनु भयो । नयाँ बानेश्वरको एभरेष्ट होटेलबाट विभिन्न नारा घंकाउदै शुरु भएको ¥याली माईतीघर मण्डलामा पुगेर कोणसभामा परिनत भएको थियो ।











