घोराही, २३ फागुन । घोराही उपमहानगरपालिका वडा नम्बर १६ को कार्यालयमा अभ्यासका लागि गएका विद्यार्थीको वडा कार्यालयले बिदाई गरेको छ । पद्मोदय पब्लीक नमुना माबिबाट अभ्यासका लागि गएका श्रृजना श्रेष्ठ र अस्मीता डाँगीलाई कार्यालयले प्रमाणपत्र र नगद पुरस्कार सहित बिदाई गरेको हो ।
.
वडा अध्यक्ष लछिनप्रसाद बुढामगरले श्रेष्ठ र डाँगीलाई अभ्यासका लागि आएर पनि कार्यालयको काममा उल्लेखनिय सहयोग गरेको भन्दै नगद सहित पुरस्कार र प्रमाणपत्र प्रदान गरेको बताउनुभयो ।
ति विद्यार्थीहरुले ६ महिना सम्म ओजेटी अर्थात अभ्यास गरेका हुन् । कर्मचारी अभाब रहेको बेला अभ्यासका लागि आएका विद्यार्थीहरुले काममा सहयोग पु¥याएकाले प्रमाणपत्र सहित बिदाई गरिएको वडा अध्यक्ष बुढामगरले जानकारी दिनुभयो ।











