इन्द्रेणी संवाददाता
काठमाडौं, २२ फागुन । सोमवारदेखि दुई दिने नेपाल भ्रमणमा रहेका पाकिस्तानका प्रधानमन्त्री शाहीद खकान अब्बासी स्वदेश फर्फिएका छन् ।

pakastani pradhanmantriअब्बासी सोमबार अपराहृन काठमाडौं आएको थिए । अव्वासीले टुँडिखेलमा नेपाली सेनाले ‘गार्ड अफ अनर’ दिएको थियो भने साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

मंगलबार बिहान उनले राष्ट्रपति विद्यादेवी भण्डारी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका थिए ।
अब्बासीलाई विदाइ गर्न अर्थमन्त्री युवराज खतिवडा त्रिभुवन विमानस्थलसम्म गएका थिए ।