इन्द्रेणी संवाददाता

दाङ, ६ फागुन । नेकपा एमालेको तर्फबाट प्रदेशसभा सांसदमा निर्वाचित कृष्णी थारु प्रदेश नम्बर ५ को उपसभामुखमा निर्वाचित भएकी छन् । उनी आज सम्पन्न निर्वाचनबाट उपसभामुखमा निर्वाचित भएकी हुन् ।

tharuथारुले ६६ मत ल्याएर विजयी हुँदा उनको विपक्षमा नेपाली कांग्रेसले रिना खनाल विकले १९ मत पाएकी थिइन् । ८७ सदस्यीय प्रदेशसभामा कृष्णीलाई नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थन रहेको थियो ।

संसदको बैठकले कार्यव्यवस्था परामर्श समिति समेत मनोनयन गरेको छ । त्यस्तै बैठक शुरु हुनासाथ पहिलो पटक अध्यक्षता गरेका सभामुख पूर्ण बहादुर घर्तीले मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएको पत्र पढेर सुनाएका थिए ।