दाङ, ६ फागुन । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेका पिता टेकवहादुर पाण्डेको १३ औ दिनको पुण्यतिथिमा स्मृति सभा सम्पन्न गरिएको छ ।

28191100_10210437195236545_763500001_nउपमहानगरपालिका वडा नम्वर ८ अश्वारामा रहेको पाण्डेको निवासमा आयोजना गरिएको सभामा वोल्ने वक्ताहरुले स्वर्गीय पाण्डेले नेपाली कम्युनिष्ट आन्दोलनमा खेलेको भुमिकाका बारेमा चर्चा गरेका थिए ।

एमाले केन्द्रीय सल्लाहकार परिषद्का सदस्य एवम् कार्यक्रममा प्रमुख अतिथि शोभाराम वस्नेतले इमान्दारिताका साथमा निर्वाचित पदाधिकारीहरुले काम गर्नुपर्ने वताउदै नैतिकता विर्सेर राजनीति गर्न नहुने वताएका थिए । उनले स्वर्गीय पाण्डेले इमान्दारिता जोगाएर कठिन परिस्थितिमा पनि विचलित नभएको समेत उल्लेख गरेका थिए ।