काठमाडौँ १९ पुस काठमाडौं प्रहरी परिसरले एमालेका सांसद तथा पूर्वडिआइजी नवराज सिलवाललाई तुरुन्त्र पक्राउ गरी उपस्थित गराउन लालितपुर प्रहरीलाई पत्र काटेको छ । पूर्वडिआइजी एवं सांसद सिलवालको घर लालितपुर गोदावरीमा रहको छ । काठमाडौं प्रहरी परिसरको श्रोत अनुसार चलानी नम्बर ३१५२ मा पत्र काटीएको जनाएको छ ।
मुद्धा खेपिरहेका सिलवाललाई कार्यसम्पादन मूल्यांकन किर्ते गरेको आरोपमा पत्र काटेको हो । पक्राउ पर्ने डरले सिलवालले उपत्यका छाडिसकेको श्रोतले बताएको छ । उनले आफ्नो कार्यसम्पादन मूल्यांकन नम्बर धरै रहेको भन्दै अदालतमा मुद्दा दायर गरेका थिए । अघिल्लो वर्ष डिआइजी जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउने तयारी गरेपछि सिलवालले यस्तो गरेका थिए ।को कार्य सम्पादन मूल्यांकन सक्कली हो वा नक्कली भन्ने सम्बन्धमा अनुसन्धान गर्न भनिएको छ ।










