कमल ओली
घोराही १८ पुस । दाङ देउखुरीको राप्ती गाउँपालिका ८ पिपरीमा मंगलवार बेलुका ६ः३० बजेको समयमा रोकिरहेको रा १ त १४०२ नम्बरको टेक्टरमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको मोटरसाइकल ठोकिदा ठेगाना खुल्न नसकेका अन्दाजी २५ वर्षिय मोटरसाइकल चालक शम्भु चौधरीको मृत्यु भएको छ ।
गम्भीर घाइते भएका मोटरसाइकल चालक चौधरीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी चौकी सिसहनियाँका प्रमुख मिनबहादुर खातीले जानकारी दिएका छन् ।











