इन्द्रेणी संवाददाता
दाङ, १९ पुस । जनउत्थान समाज विकास केन्द्र दाङको घोराहीको अयोजना र गरिवी निवारण कोषको सहयोगमा दाङका विभिन्न स्थानमा माटोको भाँडा तथा सिक्कीका समान डिजााइन तालिम सम्पन्न भएका छन् ।
परम्परादेखि ढकिया बुन्दै आएका थारु समुदाय र माटोको भाँडा बनाउँदै आएका कुमाल समुदायका परम्परागत शिल्पीहरुलाई उद्यमी बनाउने उद्देश्यले यस्तो तालिम दिइएको संस्थाका अध्यक्ष बलिभद्र रानाले जानकारी दिए ।
घोराही र नारायणपुर आसपासका शिल्पीहरुलाई घोराहीमा र देउखुरीका चौधरी र कुमाल समुदायका शिल्पीहरुलाई गढवामा तालिम सञ्चालन गरिएको संस्थाका कार्यकारी निर्देशक कुलबहादुर डाँगीले जानकारी दिए । ७÷७ दिनसम्म चलेका तिनवटा तालिममा ८० जना शिल्पीहरुले आधुनिका डिजाइनका समान उत्पादन तथा निर्माण गर्न सिकाएको उनले जानकारी दिए ।
डाँगीका अनुसार गरिवी निवारण कोष र जनउत्थान समाज विकास केन्द्रले दाङ जिल्लाका विभिन्न स्थानमा छरिएर रहेका परम्परागत पेशा गरेका समुदायलाई संगठित गरि उनीहरुको सीपलाई आधुनिकिकरण, बजारिकरण र व्यवसायीकरण गरिरहेको छ । बजारमा माग भएका समानहरु अध्यन गर्ने र सोही अनुसार समान उत्पादन गरेर विक्रि गर्न सहयोग गरिरहेको उनको भनाई छ ।
सोही तालिम अन्तर्गत सातदिने माटोको भाँडा डिजाइन र सिक्किको समान डिजाइन तालिमको सोमवार गढवामा समापन गरिएको छ । प्रदेश सभा सदस्य इन्द्रजित चौधरीको प्रमुख आतिथ्यता र जनउत्थान समाज विकास केन्द्रका अध्यक्ष बलिभद्र रानाको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा माओवादी केन्द्रका नेता विरेन्द्र चौधरी, पत्रकार महासंघका सचिव भूपेन्द्रप्रकाश ओली लगाएतले बोलेका थिए । संस्थाका कार्यकारी निर्देशक कुलबहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गणेश ओलीले गरेका थिए ।