इन्द्रेणी संवाददाता

तुलसीपुर, १७ पुस । दाङको तुलसीपुर उपमहानगरपालिकालाई स्वच्छ, सुन्दर र हराभरा नगरका रुपमा विकास गर्ने उद्देश्यले सञ्चालन भएको हाम्रो तुलसीपुर राम्रो तुलसीपुर सरसफाई अभियानको ७२ औ श्रृखला तुलसीपुरको विरेन्द्र चोकमा सञ्चालन हुने भएको छ ।

sarasafai tulsipurनगरलाई सफा गर्नु आम नागरिकको दायित्व भएकाले सवैलाई अभियानमा सहभागी हुनका लागि तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले सवैमा अपिल गरे ।

उनले सरसफाईका लागि व्यक्ति आफै सहभागी हुनुपर्ने वताउँदै अटेर गरेर सरसफाई नगर्नेलाई उपमहानगरपालिकाले कारवाही अगाडि वढाउने जानकारी दिए । तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा नियमित रुपमा हुँदै आएको कार्यक्रमले वजार क्षेत्रमा सरसफाई गर्ने जानकारी गराईएको छ ।