घोराही, १७ पुस । हाम्रो संस्कृति हाम्रो पहिचान राष्ट्रिय पोशाक संरक्षण महाअभियान भन्ने नाराका साथ पाँचौ प्रस्तावित राष्ट्रिय पोशाक दिवस २०७४ आज घोराहीमा एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको छ ।
राष्ट्रिय पोशाक संरक्षण अभियान दाङका अध्यक्ष शोभितजंग शाहिको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख दुर्गासिंह चन्दको प्रमुख आतिथ्य एंव नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सबिन प्रियासनको विशिष्ट आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एस.पि दुर्गा सिहं चन्दले अनेकतामा एकताको सन्देश बोकेको हाम्रो देशमा हामीले हाम्रो पहिचानलाई संरक्षणका साथ जोगाउन सक्यौ भनेमात्र नेपाललाई विश्वमा चिनाउन सक्ने बताए ।
यसैगरी कार्यक्रममा बोल्दै विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष सबिन प्रियासनले असल र सभ्य समाज निर्माणका साथै आफनो समुदायको पहिचानपनि पोशाकले नै दिने हुदा राष्ट्रिय पोशाक संरक्षण गर्नुपर्ने कुरामा जोड दिए ।











