इन्द्रेणी संवाददाता
काठमाडौं, १७ पुस। नयाँ सरकार गठनका लागि चुनावबाट नयाँ जनमत आइसकेका वेला कामचलाउ सरकारका प्रधानमन्त्री शेरबहादसर देउवाले कसलाई मन्त्री बनाउने र कसलाई मन्त्रीबाट हटाउने भन्ने खेल शुरु गरेका छन् ।
यसैक्रममा आज मात्रै सहरी विकास मन्त्री दिलनाथ गिरीलाई बर्खास्त गरेका छन् । गिरीलार्इ हटाएर सहरी विकास मन्त्रालयको जिम्मा राप्रपा अध्यक्ष एवम् ऊर्जा मन्त्रीसमेत रहेका उपप्रधानमन्त्री कमल थापालाई दिएका छन् । गिरीमाथि देउवाले आफूखुसी सचिव परिवर्तन गर्न लागेको आरोप लगाएका छन् ।











