काठमाडौं, ४ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार बिहान अध्यक्ष प्रचण्ड र सल्लाहकार सीता दाहाललाई लाजिम्पाटमा भेटी समवेदना प्रकट गरेको छ ।समवेदना प्रकट गर्दै राष्ट्रपति भण्डारीले प्रकाश दाहालप्रति समवेदना प्रकट गर्दै धैर्य रहन प्रचण्ड र सीता दाहाललाई आग्रह गरेको थियो ।
त्यसैगरी सोमबार बिहान प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले टेलिफोन गरी अध्यक्ष प्रचण्ड र परिवारलाई समवेदना प्रकट गरे । टेलिफोनमा प्रधानमन्त्री देउवाले प्रकाशको निधनले आफू मर्माहत भएको बताउँदै काठमाडौं फर्केपछि भेट्ने बताए । सोमबार बिहान प्रधानन्यायाधीश गोपाल पराजुलीले लाजिम्पाटमा भेटी प्रचण्ड परिवारलाई समवेदना प्रकट गरे ।
आइतबार बिहानै बिर्तामोड रहेका अध्यक्ष प्रचण्डलाई भेटी एमाले अध्यक्ष केपी शर्मा ओलीले समवेदना प्रकट गरेको थियो । समवेदनामा अध्यक्ष ओलीले देशले एउटा होनाहार युवा नेता गुमाएको बताउँदै प्रचण्ड परिवारको पीडामा आफू साथमै रहेको बताउनु भयो भने सोमबार बिहान लाजिम्पाट निवासमा अध्यक्ष प्रचण्डसँग भेट गरे ।











