दाङ , २८ कार्तिक । ागामी मङसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि दाङ क्षेत्र नम्बर १ मा बाम गठबन्धले आफनो चुनावी प्रचार अभियानलाई तिव्र बनाएको छ ।

23584309_1673968642634774_925020255_o दुबै पार्टीका आन्तरिक प्रशिक्षण सिद्धयाएर गठबन्धनले मँगलबार बाट सो क्षेत्रका विभिन्न स्थानमा चुनावी सभा गरेको छ । यसैक्रममा सोमबार गढवा र सिसहनियमा चुनावी सभा सम्पन्न भएका छन । दुबै सभामा बोल्दै गठबन्धन उम्मेदवारहरुले अबको ५ वर्ष देउखुरीका लागि स्वर्णिम युगका रुपमा विकास हुने बताएका छन । गढवामा आयोजीत सभालाई सम्बोधन गर्दै क्षेत्र नम्बर १ को प्रतिनिधि सभाका उम्मेदवार मेटमणी चौधरीले देउखुरीलाई कृषि हबको रुपमा विकास गरिने बताउनुभएको छ । कुनै समय दाङको मुख्य क्षेत्रका रुपमा रहेको देउखुरीलाई पुनः अब्बल क्षेत्रका रुपमा विकास गर्ने उहाँले बताउनुभयो ।‘ कुनै समय देशकै प्रमुख नाकाका रुपमा कोइलाबास नाका रहेको थियो ।

हाल विभिन्न कारणले नाका सुचारु हुन सकेको छैन । उहाँले भन्नुभयो ‘ हामीले निर्वाचन जितेको केही समय भित्रै कोईलाबास भन्सारलाई सुचारु गरेर पुनः यहाँको आर्थिक चहलपहलमा तिव्रता ल्याउनेछौं । यस्तै क्षेत्र नम्बर १ (१) प्रदेश सभाका उम्मेदवार इन्द्रजित चौधरीले कोइलाबास नाका सुचारु गरेर देउखुरी क्षेत्रमा आयातमुखी नभई निर्यातमुखी विकास गरिने बताउनुभयो । ‘ देउखुरी आफैमा कृषिका लागि उर्वर भुमिका रुपमा रहेको थियो । विगतमा कोईलबास नाकाबाट नुन आयात गरिन्थयो । उहाँले भन्नुभयो हामीले निर्वाचन जिते पहिलेजस्तो आयातमुखी नभई देउखुरी क्षेत्रमा हुने उत्पादनलाई निर्यात गर्ने खालको आर्थिक प्रणाली स्थापित गर्नेछौं । जसबाट हजारौलाई रोजगारी प्राप्त हुनेछ । ’

उहाँले शिक्षा , स्वास्थय, गास ,बास को ग्यारेण्टी हुने गरी कानुन निर्माण गरेर कार्यान्वयनमा ल्याउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्ने अन्य वक्ताहरmले पनि स्थिर सरकारका लागि देशका दुई ठुला कम्युनिष्ट पार्टी बिच एकता गरिएको बताउदै अब स्थायित्व मार्फत मुलुकले निकास पाउने बताएका छन ।कार्यक्रम समानुपातिक तर्फकी उम्मेदवार दामा शर्मा , बिरेन्द्र चौधरी , गङगा चौधरी , सिता यादव लगायतले बोल्नुभएको थियो ।

गढवामा आयोजित कार्यक्रमको सञ्चालन नेकपा एमाले गढवा गाँउपालिकाका सचिव शिवराज पन्थीले गर्नुभएको थियो भने निर्वाचन परिचालन समिति गढवा गाँउपालिका वडा नम्बर ६ का संयोजक बिर बहादुर ओलीको सभाध्यक्षतामा सम्पन्न भएको थियो । यस्तै राप्ती गाँउपालिकाको सिसहनियामा सम्पन्न कार्यक्रमको अध्यक्षता राप्ती गाँउपालिका वडा नम्बर ५ का संयोजक ओमनाथ पाण्डे तथा सञ्चालन निर्वाचन परिचालन समिति कि उपसंयोजक प्रमिता चौधरीले गर्नुभएको थियो ।