काठमाडौँ, २८ कार्तिक । दक्षिण एसियाको विकासमा देखिएका समस्याका सम्बन्धमा बृहत् रुपमा छलफल गर्ने उद्देश्यले आजदेखि काठमाडोंमा दशौँ दक्षिण एसिया सम्मेलन शुरु हुदैछ ।

saarc1_CFpruTI2mZसम्मेलनको प्रधानमन्त्री शेरबहादुर देउवाले एक कार्यक्रमकाबीच उद्घाटन गर्ने छन् । वाणिज्य मन्त्रालय, राष्ट्रिय योजना आयोग र साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भारोमेन्ट(साउती)ले संयुक्त रुपमा आयोजना गर्ने सम्मेलनमा दक्षिण एसियाली मुलुकका २०० भन्दा बढीको सहभागिता हुनेछ ।