भरतपुर, २८ कार्तिक। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मतदातालाई फसाएर भोट किन्न खोज्नेहरुको पैसा जफत गर्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन् । आज भरतपुरको हरैया चोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले हारको मानसिकताबाट आत्तिएकाहरुले जनतामा भ्रम सिर्जना गर्न खोजेको बताए ।

19102016040701pushpa-kamal-dahal-1000x0-1000x0‘जनमतबाट अत्तालिएकाहरु जनतालाई पैसामा किन्न खोज्दैछन्’ प्रचण्डले भने, ‘जनता महिला, दलित, गरिब, युवा र सम्पूर्ण जनतालाई पैसामा किन्न खोज्छ, तिनीहरु सामन्त हुन्, राष्ट्रको धन लुटेर देशमा भ्रष्टाचार बढाउने मान्छे हुन्। तिनीहरुको पैसा कब्जा गर्नुस्, त्यो नेपाली जनताको पैसा हो।’

अब समृद्धिको युग सुरु भएको भन्दै प्रचण्डले आफ्नो १० महिनाको प्रधानमन्त्री कालमा गरेको काम विकास र समृद्धिप्रतिकै संकल्प भएको स्पष्ट पारे ।