दाङ, २८ कार्तिक । नेपाली कांग्रेस क्षेत्र नम्वर २ का प्रतिनिधि सभा तथा प्रदेश सभाका उमेद्धारहरुले नेपाली काग्रेसको पक्षमा जनताको विश्वास रहेकाले चुनाव जित्ने बताएका छन् ।

23435141_1528766633881323_2149741614561181057_nनेपाल प्रेस युनियनले क्षेत्र नम्वर २ क्षेत्रिय प्रचार प्रसार समितीले आयोजना गरेको कार्यक्रममा यस्तो बताएका हुन । देशमा भएका विभिन्न समस्या समाधान गर्ने सफल नेतृत्व लिएकाले जनताको विस्वास रहेको उनीहरुको भनाई रहेको छ । प्रतिनिधि सभाको उमेद्धार राजु खनालले वाम पन्थीहरु काग्रेसको एकता देखेर आतिएको बताए ।

प्रदेश सभाका क्षेत्र नम्वर २ (१) का उमेद्धार कमलकिशोर घिमिरेले वाम एकताले मुलुकलाई हित नगर्ने बताए । वाम एकताले इमान्दार कार्यकर्ता तथा अर्थ तन्त्रमा समेत हस्तक्षेप गर्ने घिमिरेको भनाई रहेको छ । उनले भने ‘ वाम एकताले अर्थ तन्त्र निर्माणमा समेत वाधा पु¥याउने छ’ । उनले आफनो उमेद्धारी दाङको समृद्धिको लागि रहेको बताए ।

प्रदेश क्षेत्र नम्वर २ (२) का उमेद्धार भरतवहादुर न्यौपानेले लोकतन्त्रलाई वचाउन अगाडि वढनु पर्ने बताए । वाम पन्थीहरु उपयोगको मात्र सिद्धान्द्ध वाकेर हिडने गरेको बताए । उनले भने ‘ वामपन्थीहरु उपयोगको मात्र सिद्धान्द्ध वोकेर हिडछन भन्ने अहिले स्पष्ट भएको छ’ । यस कार्यमा सवै एकतावद्ध भएर अगाडि वढनु पर्ने समेत बताए । कार्यक्रम नेपाल प्रेस युनियन प्रचार प्रसार समितीका क्षेत्र नम्वर २ क्षेत्रिय संयोजक तथा जिल्ला उपाध्यक्ष बशुन्धरा गौतमको अध्यक्षतामा भएको थियो ।

वडा–वडामा भेला तथा सभा
घोराही उपमहानगरपालिका वडा नम्बर १७ मा कांग्रेसको चुनावी सभाहरु ऋाज सम्पन्न भएका छन् । वडाका विभिन्न स्थानमा कार्यक्रमहरु भएका हुन् । वडाको भैसाही, कर्जाही, क्वाडी र पचुर्खा लगायत विभिन्न स्थानमा कार्यक्रम भएका छन् ।

कार्यक्रममा बोल्दै प्रतिनीधी सभा सदस्यका उमेद्वार राजु खनालले कांग्रेसकै नेतृत्वमा संविधान जारी भएकाले कांग्रेसकै नेतृत्वमा संविधानको कार्यान्वयन हुने बताए ।