माधव बेल्वासे
चन्द्रौटा, ३१ भदौ । एक दशक वित्दा पनि भदौ ३० का पिडितहरुले न्याय पाउन नसको सर्घष समितिका अध्यक्ष महादेव पोखरेलले बताए । २०६४ भाद्र ३० गतेको घटनाका पिडितिलाई राज्यले उपेक्षा गरेको पोखरेलले आरोप लगायो ।
चन्द्रौटामा घटना घटेको एक दशक वितिसक्दा पनि २०६४ का घटना पिडितहरुले न्याय नपाएको,भाद्र ३० गतेको घटनाको स्मरणमा आयोजित कार्यक्रममा बोल्ने वक्ताले बताएका छन । एक दशक अगाडी मोहित खानको हत्या पछि भड्कीएको द्धन्दले यस चन्द्रौटा क्षेत्रमा १४ जनाको ज्यान जानुका साथै लाखौं सम्पतिको क्षति हजारौ घरबार विहिन र पसलहरुको तोडफोड भएको थियो ।
घटनामा मृत्यु भएकाहरुलाई राज्यले शहिद घोषणा गर्नु पर्ने , घटनाको सतय तथ्य छानबिन गरी दोसीलाई कारवार्हि गर्नु पर्ने पिडितलाई न्याय दिनु पर्ने माग राख्दै संर्घष गर्दै आएको भए हाल सम्म सरकारले यस घटनाको सत्य तथ्य बाहिर ल्याउन सकेको छैन ।
तत्कालिन मल्लिक आयोगले घटनाको छानबिन गरी सरकारलाई प्रतिवेदन बुझाएको भए पनि १९ औं पेशी सम्म आइपुग्दा पनि मल्लिक आयोगको प्रतिवेदन सार्वजनिक नभएको संर्घष समितिका अध्यक्ष पोखरेलले बताए । सोहि घटनाको दोषि जो कोही भए पनि सरकारले छानविन गरी पिडितलाई एक दशकसम्म पनि न्याय नदिएर सरकारले घटनाका पिडितहरुलाई बेवास्ता गरेको घटनाका पिडित जगत पौडेलले बताए ।
भाद्र ३०को घटनामा यस क्षेत्रका मुस्लिम ,मधेशी ,पहाडी, सबै पिडित भएको मानव अधिकार प्रतिष्ठानका शाखा अध्यक्ष विस्नु प्रसाद खतिवडाले बताए ।










