इन्द्रेणी संवाददाता
बाँके, ३२ साउन । बाँकेमा नालमा डुवेर आमा छोरीको ज्यान गएको छ भने अर्की छोरी वेपत्ता भएकी छन् ।
नरैनापुर गाउँपालिका–६ गंगापुर कुदरबेटवामा नालामा डुबेर छोटेलाल यादवकी श्रीमती ३० वर्षकी सेमदोली यादव र ८ वर्षकी छोरी अञ्जलीको ज्यान गएको हो भने ३ वर्षकी छोरी सुनिता यादव बेपत्ता भएकी छन् ।
मंगलबार राति जमुनीबाट कुदरबेटवा घर फर्किने क्रममा उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बेपत्ता सुनिताको खोजी भइरहेको छ ।











