सिन्धुली २८ साउन । सिन्धुलीको कमलामाइ नगरपालिका भित्रै पहिरोले पुरिएर ४ जनाको मृत्यु भएको छ । सदरमुकाम माढि बजारमा रहेको नेपाल पत्रकार महासंघ सिन्धुली नजिकै पर्ने टहरामा बस्दै आएका एकै परिबारका सबै पहिरोमा पुरिएका हुन ।

received_10159358375095651

घटना बिहान २ बजे आसपास भएको थियो । यो ठाउँ जिल्ला प्रहरी कार्यालय सिन्धुलीवाट ठ्याक्कै तल पर्छ । गयराति सिन्धुलीमा भारी बर्षा भएको थियो । मृत्यु हुनेमा दुर्गा कुमारी खड्का -२७ वर्ष ,शोभा खड्का – १५ वर्ष, अनिस खड्का वर्ष- १० बर्ष र मनिष खड्का -वर्ष ८ का रहेका छन ।

पहिरो जादा उनीहरु निन्द्रामा परेका र सुतेकै समयमा माथिबाट आएको पहिरोले पुरिएका थिए । प्रहरी र नेपाली सेनाले मृत्यु भएकाको शव बिहान निकालेको थियो । सबै शव अहिले जिल्ला अस्पतालमा राखिएको छ ।