काठमाडौं, ११ साउन । नयाँ शक्तिका नेताहरु माओवादी केन्द्रसँग पार्टी एकता गर्ने पक्षमा देखिएका छन् ।

Baburam-Bhattariसोमबार र मंगलबार बसेको केन्द्रीय कार्यकारी र समितिको बैठकमा माओवादी पृष्ठभूमिका अधिकांश नेताहरु पुनः माओवादी केन्द्रसँग एकता गर्ने पक्षमा उभिएका हुन् ।

संघीय समाजवादी फोरमसँगको एकता प्रक्रिया भाँडिएपछि माओवादी केन्द्रसँग एकता गर्न चाहने पक्ष बलियो बनेको छ ।

तत्काल कार्यगत एकता

संयोजक बाबुराम भट्टराईको राजनीतिक प्रतिवेदनमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने उल्लेख छ ।

माओवादी केन्द्रले पनि राजनीतिक अस्थिरता भएको भन्दै जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखका लागि आन्दोलनसमेत गर्न तयार रहेको बताउँदै आएको छ । दुई पार्टीबीच एकता नभए पनि कार्यकारी प्रमुखको मुद्दाले कार्यगत एकता हुन सक्ने नयाँ शक्तिका एक नेता बताउँछन् ।

माओवादीबाट आएका नेताहरुले बैठकमा पुनः माओवादीमै फर्किनुपर्ने आशयको धारणा राखेको नेता देवेन्द्र पौडेलले जाकनरी दिए । उनका अनुसार माओवादीसँग तत्काल एकता नभई कार्यगत एकता गरेर जान सकिन्छ । नयाँ पत्रिकाबाट