राधा शर्मा 

बर्दिया ९ श्रावण । बर्दियाको वासगढि नगरपालिका बाट हतियार सहित २ जनालाइ पक्राउ गरिएको प्रहरीले बताएको छ । बर्दियाको वासगढि नगरपालिका वार्ड न ७ सदाहापुर नजिकै रहेको निलकन्ठ सामुदायिक वन भित्र लुकाइ छिपाइ राखेको अवस्थामा दुइनाल कटुवा पेस्तोल त्यसमा प्रयोग हुने ५ राउन्ड गोली , एसएलआर मा लाग्ने २ राउन्ड गोली र स्पेशल रिभल्भर पेस्तोलमा लाग्ने गोली सहित सोहि स्थानका ४२ वर्षिय छव्वन खाँ र ५५ वर्षिय रतन यादव लाइ पक्राउ गरीएको र २२ वर्षिय श्यामलाल चौधरी फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।