इन्द्रेणी संवाददाता
काठमाडौं । हेर्दा अग्ली, गोरी, मिलेको मुहार, पातलो शरीर मानिसले कल्पना गर्ने परी जस्ती ! पेशा नर्सिङ भएकाले नर्शको पोशाक लगाउँदा पनि सबैको आँखा उनैमा जान्छ, त्यस्ति युवतीको नाम हो ओरिना पौडेल । उनको जिउडाल, लवाई खवाई र मुसुक्क मुस्कुराउने बानीका कारण उनीसँग बोल्ने जोकोही उनीबाट प्रभावित नै हुन्छन् । त्यसैले होला नर्सिङ पेशामा भएपनि अन्तत्वगत्वा उनी मोड्लिङतर्फ पाइला अगाडी बढाउन उद्दत भइन् ।

20317146_1856849691299098_1762549190_o

भर्खरै मात्र बजारमा आएको सम्हालिन्छ कैले मनको गीतमा उनले सशक्त अभिनय गरेकी छन् । गायक सुगम पोख्रेलको उक्त गीतमा जेम्स प्रधानको सँगीत र सुरेश भट्टराईको शव्द रहेको छ । गीतमा ओरिनालाई रोनित सुबेदीले साथ दिएका छन् । सन्देशमुलक तरिकाले भिज्वल गरिएको र ओरिनाले पनि पहिलो पटक गीतमा सशक्त अभिनय गरेकी छन् । यस अगाडि पनि उक्त गीतको भिज्वल बजारमा आइसकेपनि ओरिनाको ग्रुपले यसलाई पुनः भिज्वलाइज गरेको हो ।

20348023_1856849794632421_1649276964_o

गरेपछि सकिदो रहेछ भन्ने अनुभव पहिलो अभिनयबाट नै सङ्गालेको बताउने ओरिना आउँदा दिनहरुमा अझ सशक्त अभिनयसहित गीतहरुमा देखा पर्ने तयारीमा छिन् । उनीहरुको ग्रुपले अब लगत्तै डान्ससहितको म्यूजीक भिडियो बनाउँदैछ । ओरिना अभिनयसँगै डान्समा पनि सिपालु छिन् । गीत पनि गाउँन रुचाउने ओरिना भविष्यमा गायन यात्रालाई पनि अगाडि बढाउँछु भन्छिन् । उनीहरुको ग्रुपले म्यूजीक एल्वम पनि निकाल्ने सोँच बनाएको छ ।

20394513_1856845661299501_671186275_o

वहुआयामिक क्षमताकी धनि ओरिना नर्सिङ पेशा र मोड्लिङ क्षेत्रलाई सँगसँगै अगाडि बढाउने योजनामा छिन् । ‘पढेको कुरा व्यवहारमा लागू गर्ने र आफ्नो रुचीलाई पनि साथै अगाडि बढाउँछु’, ओरिनाले थपिन, ‘समय व्यवस्थापन गर्न सकेमा मलाई कुनै पनि क्षेत्र छाड्नु पर्दैन ।’

20347998_1856845644632836_807997492_o

20348263_1856849667965767_571243083_o