दाङ, ९ साउन । गएको आर्थिक वर्षमा दाङमा ८ सय ८१ घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालय दाङका अनुसार आर्थिक बर्ष २०७३/७४ मा उत्पादनमूलक तर्फ एक सय ६९, सेवामूलक तर्फ दुई सय ५३, पर्यटन उद्योग सम्बन्धी ९६, कृषीमूलक तथा वन्यजन्तु तर्फ तीन सय ६३ गरी आठ सय ८१ उद्योग दर्ता भएका छन् ।











