काठमाडौं, २४ असार । नेकपा माओवादीले साउन २ गतेका लागि सबै जिल्लाका इञ्चार्जहरुको बैठक बोलाएको छ ।
स्थानीय तहको निर्वाचनमा सोचे जस्तो जित हासिल गर्न नसकेपछि केन्द्रले चुनावी नतिजाको समीक्षा र भावी योजना निर्माणका लागि बैठक बोलाएको हो । बैठकमा जिल्ला इञ्चार्जहश्रलाई अनिवार्य रुपमा उपस्थित हुनुपर्ने छ ।











