काठमाडौं, २३ असार । कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) नियुक्ति विवादमा सुनुवाइका लागि आफ्नै नेतृत्वमा सात जनाको बृहत् इजलास गठन गरेका छन् ।
आईजीपी विवादको सुनुवाइका लागि यसअघि गठित इजलासमा संलग्न पाँच जना न्यायाधीशलाई झिकिएको छत्यसको सट्टा इजलासमा नयाँ न्यायाधीश समावेश गरिएको छ । आईजीपीमा प्रकाश अर्याललाई नियुक्त गरेपछि डीआईजी नवराज सिलवालले दायर गरेको रिटमा सुनुवाइका लागि पराजुलीको नेतृत्वमा बृहत् इजलास गठन भएको हो ।
यसअघि सर्वोच्चका न्यायाधीश चोलेन्द्रशमशेर राणाको नेतृत्वमा सात सदस्यीय इजलास गठन भएको थियो । बिहीबार गठित इजलासमा पराजुलीका अतिरिक्त न्यायाधीशहरू ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीलाई राखिएको छ । अन्नपूर्ण पोष्टमा समाचार छ । यसअघि आईजीपी विवादको सुनुवाइमा संलग्न न्यायाधीशहरू राणा, दीपककुमार कार्की, सपना प्रधान मल्ल र तेजबहादुर केसी बृहत् इजलासमा पर्नुभएको छैन ।











