इन्द्रेणी संवाददाता
दाङ, १९ असार । दोस्रो चरणको स्थानीय तहको निर्वाचनबाट घोराही उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका नरुलाल चौधरी विजयी भएका छन् । उनले कुल मतमा २२०३० मत प्राप्त गरेर मेयरमा विजयी भएका हुन् । उनका निकटमत प्रतिद्धन्दी काग्रेसका मेयरका उम्मेदवार भुपबहादुर डाँगीले १७४८४ मत प्राप्त गरे ।
त्यस्तै माओवादी केन्द्रको तर्फबाट मेयरका उम्मेदवार जीवन गौतमले १२०८२ मत ल्याए । त्यस्तै भोलानाथ योगीले ११३६, नेत्र प्रसाद पाण्डेयले ४११, रामबहादुर घर्तीले मगर ३९९, जगतबहादुर पुनले शुसीला आचार्य (बैध) ले ८१ खिमबहादुर नेपालीले ५० मत प्राप्त गरे ।
त्यसैगरी उपमयेरमा पनि नेकपा एमालेकै सीता न्यौपाने २०७९२ मत ल्याएर विजयी भएकी छिन् । उनले काग्रेसकी उपमेयरकी उम्मेदवार पुष्पा श्रेष्ठलाई पराकीलो मतान्तरले विजयी भएकी हुन् ।
१९ वटा वडा रहेको घोराही उपमहानगरपालिकामा दश वटा वडामा नेकपा एमालेले जितेको छ भने नेपाली काग्रेसले ६ र नेकपा माओवादी केन्द्रले ३ वटा वडामा जितेको छ ।











