इन्द्रेणी संवाददाता
दाङ, १३ असार । नेपाल पत्रकार महासंघ दाङले भोलि असार १४ गते हुन लागेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनको जिम्मेवारीबोधका साथ रिपोटिङ गर्न जिल्लाका सञ्चारकर्मीहरुलाई आग्रह गरेको छ ।

आज मंगलवार महासंघका अध्यक्ष सविन प्रियासन र सचिव भुपेन्द्र वलीले विज्ञप्ति जारी गरी निर्वाचनसँग सञ्चारजगतको पनि महत्वपूर्ण कर्तव्य जोडिएकाले रिपोटिङमा सहज बनाइदिन समेत आग्रह गरिएको छ ।

रिपोटिङका लागि मतदान स्थल प्रवेश तथा सवारी साधन पासको प्रयोग नेपाल सरकार नेपाल प्रेसकान्सिलले जारी गरेको निर्देशन वमोजिक प्रस्तुत हुन महासंघले सञ्चारकर्मीहरुलाई आग्रह गरेको छ ।

Press Statement asar 13