बाँके, १३ असार । बाँकेका सबै मतदान केन्द्रलाई सुरक्षाका हिसाबले स्थानीय प्रशासनले संवेदनशील मानिएका छन् ।

bakeजिल्लामा रहेका एक ३६ मतदानस्थल मध्ये १०१ अतिसंवेदनशील र ३५ मतदानस्थल संवेदनशील रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी रवीलाल पन्थले बताएका छन् ।

खुला सीमा, यातायातको असुविधा, मिश्रित बसोबास, चुनावमा भाग नलिने भनिएका समूह लगायतको प्रभावलाई हेरेर मतदानस्थल अतिसंवेदनशील र संवेदनशलि मानिएको हो ।

त्यसैले चुनावको सुरक्षाका लागि नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना परिचालन गरिएको उनले बताएका छन् ।