इन्द्रेणी संवाददाता
दाङ, १३ असार । स्थानीय तहको निर्वाचन खारेजीको माग गर्दै आएको विप्लव माओवादीको बन्दका कारण दाङको जनजीवन प्रभावित भएको छ । बन्दका कारण बजार बन्द रहेका छन् भने कलकारखाना, यातायात ठप्प छन् ।
बन्दले भोलि निर्वाचनमा भोटिङ गर्नका लागि गन्तव्यमा पुग्न सर्वसाधारणलाई कठिन भएको छ । भोलि सरावीका साधन सञ्चालन गर्न नपाइने भएकाले आजनै मतदाताहरु गन्तव्यमा पुग्नुपर्ने वाध्यता छ । मतदाताहरु बन्दमा सवारीका साधन नचलेपछि अटोसिक्सा चढेर पनि गन्तव्यमा पुग्ने प्रयासमा छन् ।
बन्दकर्ताहरु कतै नदेखिए पनि चुनावको मुखैमा गरिएको बन्द र विभिन्न स्थानमा वम भेटिएकाले जनता त्रसित बनेका छन् । विप्लव माओवादीले आज एक दिनका लागि नेपाल बन्दको आह्वान गरेको छ ।