चितवन, १५ जेठ । चितवनको भरतपुर महानगरपालिकामा मतगणना स्थगित भएको छ । मत गणना अन्तिम चरणमा आइसकेको बेला सोमबार मध्यराती १ बजेर २० मिनेटमा मतगणना स्थगित भएको हो ।
मतगणना स्थलमा मतपत्र च्यात्ने र मतपत्र कब्जामा लिने हर्कत देखिएपछि मतगणना स्थगित गर्नुपरेको मुख्य निर्वाचन अधिकृतले बताए । मतपत्र च्यातेपछि मुख्य निर्वाचन अधिकृतले विज्ञप्ति निकालेर अर्को सूचना जारी नभएसम्म मतगणना स्थगित गरिएको बताइएको छ ।
यो अवस्था आएपछि अहिले चितवनमा तनावग्रस्त छ । एमाले र माओवादीले एकले अर्कोलाई मततपत्र च्यातेको आरोप लगाएका छन् । उक्त महानगरपालिकामा माओवादी केन्दरु काग्रेसको चुनावी तालमेलमा रहेकी रेणु दाहाल र नेकपा एमालेका उम्मेवदार देवी ज्ञवालीबीच प्रतिस्पर्दा रहेका थियो ।
यसैबीच चितवनको भरतपुर महानगरपालिकाको मतगणना स्थल प्रवेश गरी मतपत्र च्यातेको आरोपमा वाइसिएल जिल्ला अध्यक्ष मधु न्यौपाने र अर्का माओवादीका कार्यकर्ता दोर्ण सिवाकोटी पक्राउ परेका छन् ।
मतगणनास्थलमा प्रवेश गरी मतपत्र च्यातेको आरोपमा प्रहरीले बिहान साढे १ बजे उनीहरुलाई पक्राउ गरेको हो ।
यसैबीच एमालेका कार्यकर्ता एवम् जिल्ला खेलकुद विकास समितिका सदस्य गंगा लामा मतगणनास्लबाहिरबाट फक्राउ परेका छन् ।











