दोलखा, ३१ बैशाख । दोलखामा चुनावी झडपकै क्रममा एकजनाको मृत्यु भएको छ । मेलुङ गाउँपालिका अन्तर्गत मेलु १ छटेश्वर मावी मतदान केन्द्रमा कांग्रेस र एमालेबीचको झडप रोक्न प्रहरी गोली चलाउदा एकजनाको मृत्यु भएको हो ।
गोली लागी मृत्यु हुनेमा पवर्टका नकुल भुजेल रहेका छन् । उनी कांग्रेस कार्यकर्ता भएको बताइएको छ । झडपमा चार जना गम्भीर घाइते भएका छन् । उनीहरुको थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौं लैजाने तयारी भैरहेको प्रहरीले जनाएको छ । सोही क्रममा पेटिका लुटीयो पनि लुटीएको पनि बताइएको छ ।
हुम्लामा पनि झडप
हुम्लाको खार्पुनाथ गाँउपालिकाको वडा नम्बर ५ मा काग्रेस दुई समूहबीच तनाव हुँदा स्थिति नियन्त्रणमा लिने प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ । त्यहाँ काग्रेसका आधिकारिक र बागी उम्मेदवारका पक्षधरहरुबीच लडफा भएको हो ।











