राजेन्द्र न्यौपाने
गोरखा, १ बैशाख । एकीकृत नेकपा माओवादी केन्द्रका गोरखा जिल्ला अध्यक्ष लेख बहादुर थापा मगर (जीवन्त) ले एकीकृत नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा देशभरी विजय हासिल गर्ने ग्रेन्टीका साथ निर्वाचनमा गएको बताएका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समिति गोरखा, गोरखानगरपालिकाद्वारा आयोजिक कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले सो कुरा बताएका हुन । गोरखा स्थित सरस्वती मावि आहालेमा भएको कार्यक्रममा नेता थापाले देशलाई उज्यालो बनाएको , चाइनाबाट नेपालमा रेल ल्याउने योजना, बुढी गण्डकी जस्ता राष्ट्रिय आयोजनाका कामहरु गर्ने पार्टी एकीकृत नेकपा माओवादी भएको बताए ।

perisकार्यक्रममा शहिद लखन गाउँपालिकाका प्रमुख रमेश थापा मगर, गोरखा नगरपालिकाका प्रमुख कृष्णराना मगर, वडा अध्यक्षहरु नारायण खड्का, रमेशरमण खनाल, शिक्षक संगठनका केन्द्रीय सदस्य लाल प्रसाद श्रेष्ठ, टिकाराम श्रेष्ठ, ध्रुव भट्ट लगायतले मन्तव्य राखेका थिए । जनयुद्धको जनसरकार, जनअदालतलाई बैधानिकता दिनका लागि स्थानीय तहको निर्वाचन गर्न लागिएको बक्ताहरुले बताएका छन् । अधिकार सम्पन्न गाउँपालिका र नगरपालिकाको निर्वाचनमा नेकपा माओवादी केन्द्रलाई विजयी बनाउन सम्पूर्ण शिक्षकहरु एक भएर लाग्नुपर्ने बताइएको छ ।

भेलाले चुडामणी काप्रीको अध्यक्षतामा २१ सदस्यीय नगर कार्य समिति गठन गरेको छ । जसको बरिष्ठ उपाध्यक्ष पुरुषोतम भट्टराई, महिला उपाध्यक्ष सुलोचना मरहट्टा, उपाध्यक्ष विष्णु प्रसाद न्यौपाने, सचिव राजकुमार राई, कोषाध्यक्ष माधव तिवारी, सह सचिव राजन गोतामे, सदस्यहरु विक्रम भण्डारी, गणेश सापकोटा, निलकण्ठ पौडेल, राम बहादुर अच्छामी, सुदीप नगरकोटी, अनिल अंगाई, कुलचन्द्र अधिकारी, क्षेत्रकुमारी ओलिया, कृष्ण बसेल, नर बहादुर सिर्मल, जीवन श्रेष्ठ तारा प्रसाद लामिछाने , टेक बहादुर उपरकोटी , सरिता थापा रहेका छन् । सल्लाहाका समितिमा कपिलबाबु कट्टेल, गणेशकुमा श्रेष्ठ, बल बहादुर कुमाल, मोहन बहादुर थापा, मिरा भण्डारी रहेका शिक्षक संगठनका सुनिल अर्यालले बताए । कार्यक्रममा गोरखा नगरपालिका भित्र रहेका विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।